Erani Mahal
पाल्पामा कात्र्तिक २५ देखि जनगणना गर्न ३ सय ७८ गणक खटिने !
jana
पाल्पा- जिल्ला जनगणना कार्यालयले जिल्लाभर ३ सय ७८ जना गणक खटाएर राष्ट्रिय जनगणना २०७८ गर्ने भएको छ । राष्ट्रिय जनगणना २०७८ का सम्बन्धमा जिल्ला जनगणना कार्यालय पाल्पाली पत्रकारसँग अन्तरक्रिया गर्दै प्रमुख भविश्वर घिमिरेले गणकहरु प्रत्येक घरधुरीमा गएर सत्य, तथ्य तथ्यांक संकलन गर्ने बताउनुभयो । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक जनगणना हुन लागेकाले राष्ट्रिय महत्वका विविध विषयमा तथ्यांक संकलन गरिने छ । जनगणनामा सोधिने प्रश्न र प्राप्त उत्तर गोप्य रहने भएकाले ढुक्क भएर जनगणनालाई सफल पार्न पाल्पाबासीलाई उहाँले आग्रह गर्नुभयो खाली घर,घरको प्रयोजन,आम्दानी,शैक्षिक अवस्था रोजगारी लगायतका बिषयको तथ्याङ्क संकलन गरिने बताउनुभयो । अधिकृत घिमिरेका अनुसार ६ महिना भित्र बसोबास गरेका जनसंख्याको गणना गरिने छ । यसको तात्पर्य जो जहाँ स्थायी वा अस्थायी रुपमा बसोबास गरेको छ उक्त ब्यक्तिको त्यहीको बासिन्दा मानिने छ । जनगणनामा नागरिकता वा कुनै परिचय पत्र नहेरिने हुदा बिदेशी नागरिक ६ महिना नेपालको कुनै एक स्थानमा बसेको खण्डमा बिदेश नागरिक समेत जनगणनामा समेटिने छन । पाल्पामा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाको लागि तानसेन,रामपुर,छहरा र ताहुँमा कार्यालय स्थापना भएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । जिल्लामा ३ सय ७८ जना गणक र ९४ जना सुपरिबेक्षक मार्फत जनगणनाको काम गरिने कार्यालयले जनाएको छ । कार्यक्रममा पत्रकारहरुले जनगणनामा सत्यतथ्य, वास्तविक तथ्यांक संकलनमा सरोकारवालाको निगरानी र अनुगमन भएमा प्रभावकारी तथ्यांक आउने सुझाव दिएका थिए । जिल्लाको ३ सय ५४ वटा नक्सा बनाएर सवै क्षेत्रलाई समेटेर गणना गरिनेछ । त्यसको लागि सहयोग गर्न सम्पूणर्पाल्पाबासीमा कार्यालयले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update