Erani Mahal
पाल्पामा आइतबार १ जना मात्रै कोरोना संक्रमित
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाको तानसेन नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर माध्यम्बाट गरी कुल २४ जनाको कोरोना परीक्षण गरिएकोमा १ जना संक्रमित भएकाे छ । यस्तै स्वास्थ्य कार्यालयले आइतबार ८ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८४ जना होम आइसोलेसनमा र २५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update