Erani Mahal
व्यवसायिक फुल खेतीमा रमाउँदै पाल्पाका किसान
received_407143467609723
सुमन गाहा, पाल्पा-कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो । जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रूप्सेमा अहिले व्यावसायिक रुपमा फुलको खेति गरिएको छ । तिहारको आगमनसँगै फुलको मालाको माग अत्याधिक वढ्ने भएकाले उत्पादनमा समेत वृद्धि भएको छ । रुप्सेका दमोदर घर्तीको घर नजिकै खेतमा रहर लाग्दो तरकारी फलेको छ अलि तल खेतमा ब्यवसायी फुलखेती गर्नु भएको छ । माध्यमिक तहको पढाई सकेर रोजगारीको सिलसिलामा ४ वर्ष भारतमा बिताउनु भएको घर्तीले सामाजिक सञ्चालनबाटै सिकेर फुल खेती गरेको बताउनुभयो । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका फुल तथा मालाले वर्चस्व कायम गरिरहेको अवस्थामा ति फुललाई निरुत्साहित गर्न आफुले ब्यावसायीक रुपमा फुल खेती गरेको घर्तीले बताउनुभयो । घर्तीले माराखोप बहुउद्देश्यीय कृषि फर्म दार्ता गरि पहिलो वर्ष २ रोपनी क्षेत्रफलमा फुलखेती गरेता पनि कोरोना महामारीका कारण सोचे जति राम्रो बजारीकरण नभएको र यो वर्षमा ५ रोपनी क्षेत्रफलमा फुलखेति गरेको जानकारी दिनुभयो । उहाँको फर्ममा दैनिक जसो फुल खेति हेर्न आउने र फुलको अडर आउने गरेको छ । उहाँले उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या नरहेको घर्तीको भनाई छ । आफुले उत्पादन गरेको फुल पाल्पा र रूपन्देही जिल्लामा विक्रीे गरेको घर्तीले बताउनुभयो । जिल्लाको सदरमुकाम र विभिन्न स्थानका बजारबाट फुल लिन आउने गरेका छन् ।माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसकेको उहाँको भनाइ छ । अहिले उहाँले एउटा मालालाई २ सय र प्रति के.जि ४०० सय रुपैयामा विक्री गर्ने गरेको बताउनुभयो । पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरे पनि घर्तीले यस वर्ष देखि बाह्रै महिना फुल उत्पादन गर्ने बताउनुभयो । “जिल्लामा १२ महिना नै फुलको माग भएकाले बाहै्र महिना नै फुल उत्पादन गर्ने थालेको छु” घर्तीले भन्नुभयो । सयपत्री मात्रै नभएर गुलाफ तथा अन्य फुल पनि उत्पादन गर्ने सोचमा रहेको घर्तीले बताउनुभयो । अहिले सजावटका लागि जिल्ला बाहिरबाट गुलाफको फुल आउने गरेको उहाँले बताउनुभयो । गत वर्ष फुल बिक्रीवाट उहाँले कोरोना माहामारीको समयमा पनि ५० हजार रुपैया चोखो नाफा गर्ने सफल भएको बताउनुभयो । आफुसंगै परिवारले फर्ममा काम गर्दै आएको बताउनुभयो । त्यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पुजाआजाका लागि फुलको माग हुने गरेको उहाँको भनाइ छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न अन्य कृषकलाई समेत आग्रह गर्नुभयो । उहाँलाई यो वर्ष गाउँपालिकाले फुल खेति नर्सरीका लागि ५० हजार सहयोग गरेको बताउनुभयो । यस वर्ष बेमौसमी वर्षाका कारण फुल खेतिलाई पनि असर गरेको छ । यसले गर्दा सोचे जति आम्दानी समेत घट्ने होकि भन्ने चिन्ता उहाँमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update