Erani Mahal
पाल्पामा छाडा पशुचौपायाले दुर्घटनाको जोखिम
IMG_20211023_140824
पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारमा अहिले छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । साँघुरो तानसेन बजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो । सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढे पनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै पनि निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएका छन् । तानसेनका स्थानीयबासीले व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक ध्यानार्कषण गराउँदा समेत नगरपालिकाले व्यवस्थापनमा चासो देखाएको छैन ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update