Erani Mahal
पाल्पामा शनिवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि
Coronavirus positive
पाल्पा- पाल्पामा शनिवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको नियमित कोरोना बुलेटिनका अनुसार पिसिआरबाट ९ र एन्टिजेनबाट ४ जना गरी १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । कार्यालयका अनुसार ३२ जनाको पिसिआर, १५ जनाको एन्टिजेनको माध्यमबाट कोरोना परीक्षण गरिएको थियो । अरु जिल्लाहरुमा कोरोना परीक्षण शुन्य भइरहेको अवस्थामा पाल्पामा भने कोरोना परीक्षण र संक्रमित संख्या दैनिक थपिदै गएको छ । पाल्पामा अहिले १ सय १६ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेको कार्यालयले जनाएको छ । शनिवार ६ जनाले कोरोना जितेका छन् हालसम्म पाल्पामा कोरोनाले निधनहुनेको संख्या ८५ जना महिला र १ सय ६७ जना पुरुष गरी २ सय ५२ जना पुगेको छ । भने निको हुनेको संख्या १० हजार १ सय २ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update