Erani Mahal
शारदा मावि मदनपोखराका प्रअ अर्यालको निधन
53913_372557172823887_1116115442_o
पाल्पा- शारदा माध्यमिक विद्यालय मदनपोखरा पाल्पाका प्रधानाध्यापक केशवराज अर्यालको शनिवार निधन भएको छ । ब्रेन ट्युमरका कारण उहाँको मृत्यु भएको स्थानीय एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । अर्यालको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो । दशैं मनाएर घरमै एक्लै रहेको समयमा बेहोस हुनु भएका अर्यालको तीन दिनदेखी लुम्बिनी मेडिकलमा उपचार भैरहेको थियो । उहाँलाइ उच्च रक्तचापको समेत समस्या देखिएको बताइएको छ । तानसेन नगरपालिका ८, मदनपोखरामा जन्मिनु भएका अर्याल विगत १८ वर्षदेखी शिक्षण पेशामा कार्यरत रहुनभएको थियो । तानसेन नगरपालिका ४, मा बस्दै आएका अर्यालका एक छोरा, २ छोरी र श्रीमती रहनुभएको छ । अर्यालको निधनले पाल्पामा एक शैक्षिक व्यक्तित्व गुमाएको भन्दै विभिन्न शिक्षक संघ संगठन, शारदा मावि, शिक्षक, कर्मचारी, आफन्तजनले विज्ञप्ती तथा सामाजिक संजालमार्फत दुःख व्यक्त गर्दै समवेदना समेत व्यक्त गरेका छन् । तस्वीर ः सामाजिक संजालबाट ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update