Erani Mahal
रानीमहल सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध
247121841_559970415235108_8634368473007994962_n
पाल्पा– पाल्पाको रानीमहल सडक खण्डको बैकुण्ठेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान खसेको सुख्खा पहिरोका कारण रानीमहल सडक खण्ड अवरुद्ध भएको हो । माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक सुचारु गर्न समस्या भएको भौतिक पुर्वाधार किास कार्यालय पाल्पाले जनाएको छ । रानीमहलका पर्यटन व्यावसायी बसन्त कुवंरका अनुसार अहिले रानीमहलमा रहेका ५० बढी पर्यटक फर्किन सकेका छैनन । यस्तै घुम्नका लागि देशका विभिन्न स्थानबाट पुगेका सय बढी पर्यटक बीच सडकबाट फर्किन बाध्य भएका छन् । स्थानीय तह तानसेन नगरपालिका भने यस विषयमा बेखबर भएको पर्यटकहरुले गुनासो गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update