Erani Mahal
कालिगण्डकी करिडोरमा डाँडै खस्यो, रिडी–रुद्रवेणी सडक अबरुद्द
1634820756-7isbB
कालिगण्डकी करिडोर अन्तरगतको रिडी रुद्रवेणि सडक खण्ड अवरुद्द भएको छ । करिडोरको साँघुरे तालदोमाई खण्डको बिचमा भैलिखाने डाँडो नजिकै पहिरो गएपछि सडक अवरुद्द भएको याढुँगबाट स्थानिय रामु कुँवर बताउनुभयो । सडक अवरुद्द भएपछि सवारी साधनहरु अलपत्र परेको छ । रिडी तिरबाट गएका सवारी साधनहरु फर्केको र वामी खैरेनी शान्तिपुर तर्फबाट आएका सवारी साधनहरु मिर्मी हुँदै बैकल्पिक सडक प्रयोग गरि गएको बताईएको छ । पहिरो गएको जानकारी प्राप्त भईसकेपछि रिडी इलाका प्रहरी कार्यालयबाट प्रहरी पहिरो गएको क्षेत्रमा पुगेको र पैदल यात्रुलाई पनि हिँड्न रोक लगाईएको प्रहरीले जनाएको छ । भैलिखाने डाँडो पुरै खसेको र पहिरो खस्ने कार्य नरोकिएकोले सडक खुलाउने कार्यमा अवरोध भएको रिडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिनुभयो । “हामीले कन्ट्रक्सनका साथिहरुसँग कुरा गरि सकेका छौँ, पहिरो झर्न छाडेपछि तुरुन्तै सडकमा डोजर लगाएर आवागमन सुचारु हुनेछ“ निरिक्षक बमले भन्नुभयोे ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update