Erani Mahal
गर्भपात हुनुअघि देखिने लक्षणहरु
miscarriage_6OXanPGFPX
गर्भाधान भएको २४ हप्ताभित्र गर्भमा भएको भ्रूण नष्ट हुनुलाई मेडिकल भाषामा गर्भपात (मिसक्यारेज) भनिन्छ । गर्भपात हुनुअघि विभिन्न लक्षणहरु देखिन्छन् । उक्त लक्षणले गर्भपातको संकेत गर्छ । कसैलाई बारम्बार गर्भपातको समस्या पनि हुनसक्छ । गर्भपात हुने धेरै कारणहरु छन् । गर्भपात महिलाको कारणले हुने होइन । कहिलेकाँही गर्भपात के कारणले हुन्छ भनेर पत्ता लगाउन नै मुश्किल हुन्छ । ​गर्भधानअगाडिको तीन महिना गर्भपातका लागि मुख्य कारक मानिन्छ । भारतको नेशनल हेल्थ सर्भिसका अनुसार भ्रूणमा असामान्य क्रोमोजोमको कारण गर्भपात हुन्छ । भ्रूणमा कम वा अत्यधिक क्रोमोजोमका कारण गर्भपात हुन्छ । यस अवस्थामा गर्भमा हुर्किरहेको भ्रुण सही तरिकाले बढ्न पाउँदैन । गर्भपातको २ देखि ५ प्रतिशत कारण जेनेटिक्स हो । पार्टनरको असामान्य क्रोमोजोमको बारेमा आम मानिसहरुलाई जानकारी हुँदैन । यसकारण प्लेसेन्टाको विकासमा समस्या आउछ । जसले भ्रुणमा रगत र पोषक तत्वको कमि हुन जान्छ । यदि तीन महिनाको गर्भधानपछि गर्भाशय कमजोर भएमा, इन्फेक्सन भएमा, सेक्सुअल ट्रान्समिसनसम्बन्धी रोगहरु, गर्भाशयको आकार, पीसीओयस वा फुड प्वाइजनिङका कारण गर्भपात हुनसक्छ । विशेषज्ञका अनुसार गर्भपात बारम्बार हुने, ढिलो गर्भपात हुने आदि समस्या पनि देखिने गर्छ । रगत जम्ने, थाइराइडको समस्या, कमजोर सर्भाइकल, इम्युन सेल्सले पनि प्रजनन क्षमतामा प्रभाव पार्छ । साथै, उमेरले पनि यसमा प्रभाव पार्ने गर्छ । ३० वर्षभन्दा कम उमेरका महिलाहरु १० जना मध्ये १ जनामा गर्भपातको समस्या देखिन्छ । भने ४५ वर्ष उमेर समूहका महिलाहरु १० जनामध्ये ५ जनामा यस्तो समस्या देखिन्छ । भने, बारम्बार गर्भपातको समस्या भने १०० जनामध्ये १ जनामा हुन्छ । के हो लक्षणहरु ? गर्भधानपछि रगत बग्नु, कपडामा हल्का रगत देखिनु गर्भपातको संकेत हो । तर, गर्धाधान भएको पहिलो तीन महिनामा हल्का रगत देखिनु सामान्य हो । यस्तो भएमा डाक्टरको सल्लाह लिनुपर्छ । यसका साथै, तल्लो पेट दुख्ने, ऐँठन महसुस हुने, गोप्य अंगबाट फ्लुड डिस्चार्ज हुने, टिश्यु निस्किने पनि गर्भपातका लक्षणहरु हुन् । लामो समयसम्म गर्भधानका लक्षणहरु महसुस नगर्नु पनि गर्भपात हुनसक्ने संकेत हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update