Erani Mahal
पाल्पामा शुक्रबार ९ जनामा कोरोना संक्रमण  पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो । पीसीआर माध्यम्बाट गरी कुल ४१ जनाको कोरोना परीक्षण गरिएकोमा जना संक्रमित भएका छन् | जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८५ जना होम आइसोलेसनमा र २४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update