Erani Mahal
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत अवस्थामा फेला
death
पाल्पा–पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. ८ तालतुङमा शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तालतुङ बस्ने अन्दाजी ३८/३९ वर्षीय नुर बहादुर सुर्यबंशी मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार आफ्नै देखि अन्दाजी ४ कि.मि.पश्चिम रहेको तालतुङ रानिबन सामुदायिक बनको गोरेटेको छेउमा कोल्टे परी मृत अबस्थामा फेला परेका थिए । घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update