Erani Mahal
रामपुरमा पहिचान नखुलेको पुरुष मृत अवस्थामा फेला
death
पाल्पा–पाल्पा जिल्लाको रामपुर नगरपालिकामा वडा नं. ८ भुजात सिद्दबाबामा एक पुरूष मृत अवस्थामा फेला परेका छन । ईलाका प्रहरी कार्यालय रामपुरका अनुसार भुुजात सिद्दबाबामा अन्दाजी ४०/४५ वर्षिय हाल सम्म नामथर वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरका प्र.नि.भिम ब.कार्किका अनुसार बिहीबार १२ः३० बजेको समयमा भुजात सिद्दबाबा स्थित कालिगण्डकि नदिको किनारमा नदिले बगाई ल्याएको जस्तो देखिने पुरुष व्यक्ति सढेगलेको अवस्थामा फेला परेका थिए । घटना बारेमा थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update