Erani Mahal
रुपन्देहीमा करिब ६ करोड बराबरको अवैध सामान बरामद
rupandehi
बुटवल – रुपन्देहीमा बैशाख यता करिब ६ करोड बराबरको अवैध सामान बरामद भएको छ । बैशाख देखि कार्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको चोरी, तस्करी लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका साहयक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२ रुपैयाँ बराबरको चोरी तस्करीको समान बरामद भएको थियो । यस्तै जेठमा १२ लाख ७३ हजार ८ सय ८०, असारमा १ करोड ५ लाख २९ हजार ६ सय ९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८ सय ९०, भदैमा ८५ लाख ४ हजार २ सय ८९, असोजमा १ करोड ४४ लाख २ हजार १ सय १० र कार्तिकमा (४ गतेसम्म) १९ लाख ९८ हजार १ सय ६० हजार बराबरको चोरी, तस्करी लगायतको समान बरामद भएको सहायक प्रवक्ता चन्द्रले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update