Erani Mahal
पाल्पामा बिहीबार ६ जनामा कोरोना संक्रमण  पुष्टि
Corona_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ३६ जनाको कोरोना परीक्षण गरिएकोमा जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बिहीबार १४ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०० पुगेको छ । सक्रिय संक्रमितमध्ये ७६ जना होम आइसोलेसनमा र २४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update