Erani Mahal
निस्दीमा प्रथम निस्दी खेलकुद महोत्सव
246863128_934501777165982_4645977979342539202_n
धनबहादुर ठाडा, पाल्पा – पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा प्रथम निस्दी खेलकुद महोत्सव हुने भएको छ । महोत्सव यहि कार्तिक १० गते देखि २ दिनसम्म सञ्चालन हुने भएको छ । परिवर्तनको लागि युवा निस्दी – ४ , मित्याल , झ्यालतुङको आयोजनामा खेलकुद महोत्सव हुन लागेको हो । खेलको मध्यमबाट निस्दीको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरेको आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताउनुभयो । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम, द्वितिय र तृतीय क्रमश १ लाख, ५० हजार, २५ हजार पाउने छन । खेलकुद महोत्सव पलिकाको खेलमैदान झ्यालतुङमा हुने कार्यक्रम संयोजक पुनाराम सुनारीले बताउनुभयो । खेलकुद महोत्सवमा विभिन्न मगरी खानाको परिकार तथा लोक सांस्कृति झल्किने स्थानीय झाँकी नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update