Erani Mahal
कोरोनाले रोजगार गुमाएका श्रमजीविलाई राहत प्याकेज ल्याउँछौं : मन्त्री श्रेष्ठ
kisann
बुटवल – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले कोरोना महामारीले रोजगार गुमाएका श्रमिकहरुको लागि राहत प्याकेज ल्याउने तयारी गरिरहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरोना महामारीले रोजगारी गुमाएको विषम् परिस्थितीमा श्रमजीवीलाई राहत महसुस गराउन रोजगारीका अवसरहरु सिर्जना गर्ने तयारी गरिरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले मन्त्रालयलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने भन्ने योजना बनाईरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयलाई कसरी लैजाने, मन्त्रालयले कसरी काम गर्ने र सिंगो नेपालका श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने लगाएतमा हामिहरु योजना बनाउँदै छौं ।’ उहाँले सामाजिक सुरक्षाकोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउँने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update