Erani Mahal
पाल्पामा बुधबार १५ जनामा कोरोना संक्रमण  पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १०१ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बुधबार ६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०९ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८५ जना होम आइसोलेसनमा र २४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update