Erani Mahal
बुटवलमा वर्षाले कृषिमा पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
hh
बुटवल - बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ । क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरुसहितको टोलीले यहाँको कृषि क्षेत्रको निरिक्षण र अनुगमन गरिरहेको छ । निरिक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षेति पुगेको, तरकारी र फलफुलका विरुवामा नर्सरीमा क्षति पुगेको पाइएको छ । बुटवलमा हाल करिब ३ हजार हेक्टर क्षेफलमा धान खेती भइरहेको छ । जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकेको अवस्था छ र त्यसमध्ये ३ प्रतिशत धानमा क्षति भएको पाइएको छ । वर्षातले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल म्रिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । बुटवलले सहरी कृषि प्रवद्र्धनमा धान, गहु र तरकारीमा अनुदान दिंदै आएको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम मुलुकमै प्रभावकारी मानिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update