Erani Mahal
कात्तिक ७ र ८ गते भिटामिन ए  र जुकाको औषधि खुवाइने
vitamin-a-11617864240
काठमाडौं – सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update