Erani Mahal
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने मुख्य व्यक्ति पक्राउ
Untitled-11634709218
बुटवल–प्रहरीले मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका ’मुख्य व्यक्तिलाई’ मंगलबार बुटवलबाट पक्राउ गरेको बताएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका ४४ वर्षीय साविर अली उर्फ राजु आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अलीकै अध्यक्षतामा भएका छलफल, बैठक र बैठकका निर्णय पनि बरामद भएको छ । “ साविर अलि मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको भन्ने बुझिन आए पश्चात निजलाई खोजतलास गर्ने क्रममा मिति २०७८।०७।०१ गते रातीको समयमा जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.११ देवीनगर स्थित निजको डेरा कोठाबाट तत्काल पक्राउ पुर्जी दिई पक्राउ गरीएको“ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट दिन–१० को म्याद थप भई अनुसन्धान भइरहेको छ । प्रहरीले मुसलमानको डेरा कोठामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला परेको दाबी गरेको छ । सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update