Erani Mahal
डेङ्गुले लियो पाल्पामा एक जनप्रतिनिधिको ज्यान
jjjhh
पाल्पा - डेङ्गुले पाल्पामा एक जनप्रतिनिधिको ज्यान लिएको छ । पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ का वडा सदस्य हुम बहादुर सिंजालीको डेङ्गुको उपचारको क्रममा मृत्यु भएको हो रम्भा १ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयाे । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलाशिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयाे । आइतबार हात दुख्ने समस्या देखिएर स्याङजाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिशन अस्पताल हुँदै बुटवल पुर्याइएको थियो । वडा सदस्य सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएकाे थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिका भर बुधबार शोक विदा दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update