Erani Mahal
तानसेनमा झारफुक गर्ने बाहानामा महिलालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ
pakrau
पाल्पा – झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन–३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. १० खैरेनीका ३२ वर्षिय केदार रनपाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका पुरुषले सोमबार राति साढे १० बजे तानसेन बस्ने ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती बलात्कार गरेका थिए । पक्राउ परेका पुरुषले जबर्जस्ती गरेको भनी ती महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै उनलाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सोमबार मात्रै प्रहरीले १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update