X
130
Shares

पाल्पामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि

रानीमहल संवाददाता || २ कार्तिक २०७८,मंगलवार १३:३७

पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १० जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ८८ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले मंगलबार १८ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०० पुगेको छ । सक्रिय संक्रमितमध्ये ७८ जना होम आइसोलेसनमा र २२ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys