Erani Mahal
बालिकालाई जबर्जस्ती गरेको आरोपमा तानसेनबाट १ जना युवक पक्राउ
pakrau
पाल्पा – जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक तानसेनबाट पक्राउ परेका छन् । १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको हो । बालिकालाई गत असोज २५ गते बिहान ती युवकले जबर्जस्ती करणी गरेको प्रहरीको भनाई छ । यद्यपी प्रहरीलाई भने सोमबार कात्तिक १ गते मात्र जानकारी प्राप्त भएको र जानकारी प्राप्त हुनासाथ प्रहरीले ती युवकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटना तानसेन–४, सिल्खानटोलमा भएको हो । जजकमा परेकी बालिक चितवन जिल्लाकी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update