Erani Mahal
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको आग्रह
246046476_887373215479470_5267479829387131454_n
सहरी विकास मन्त्री रामकुमारी झाँक्रिले गुल्मी जिल्लाका कार्यालय प्रमुखहरूसगँ भेटघाट गर्नु भएको छ । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला गुल्मी आउनुभएको मन्त्री झाँक्रीले सोमवार गुल्मी जिल्लाका कार्यालय प्रमुखहरुसगँ भेटघाट गर्नु भएको छ । भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले जिल्लामा नागरिकहरुले सरल र सहज ढगंले सेवा लिन पाउने वातावरण निमार्ण गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उहाँले गुल्मीका सवै सरकारी कार्यालयहरुले समन्वय गरेर जनताका कामहरु गर्न समेत आग्रह गर्नभयो । सङ्घीय सरकार, प्रदेश सरकारहरुवाट जिल्लामा आएका योजनाहरु समयमै सम्पन्न भएका छन छैनन। निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरेका छन छैनन भनेर समेत अनुगमन गर्ने काममा गुल्मीका सवै सरकारि कार्यालयका प्रमुख तथा कर्मचारीहरुको ठुलो दायित्व रहने वताउनुभयो । भेटघाट कार्यक्रममा गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुरक्षित आवास कार्यक्रम अन्तगत ५० हजार पाउने भनिएपनि २० हजार मात्रै नागरिकले प्राप्त गरेकाले कार्यक्रम अन्तरगतको सवै रकम पाउने व्यवस्था मिलाउनु अनुरोध गर्नु भएको थियो । सहरी विकास मन्त्रालय सङघीय आयोजना कार्यान्वयन ईकाई रुपन्देहीका सव ईन्जिनियर नारायण वुढा मगरले गुल्मी जिल्लामा शहरी विकास मन्त्रालयवाट कार्यक्रम धेरै आउने तर वजेट थोरै आउने समस्या रहेको वताउनुभयो । साथै उहाँले अहिले गुल्मीमा १९ वटा कार्यक्रमहरु सञ्चालन रहेको वताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेलले गुल्मेलि जनताले जिल्लाका सवै सरकारि कार्यालयहरुवाट कानुनले दिएका सेवा सुविधा सजिलै पाउने वातावरण रहेको जानकारी गराउनुभयो । उहाँले जिल्लामा सञ्चालन रहेका विकास निर्माणका योजनाहरु समयमै र गुणस्तरीय काम गराउने प्रतिवद्वता समेत व्यक्त गर्नु भयो । प्रमुख जिल्ला अधिकारि पौडेलले जिल्लाको शान्ति सुरक्षा,विकास निर्माण,जनताका सेवाहरुको वारेमा जानकारी गराउनु भएको थियो । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीको समेत सहभागीता रहेको थियो । मन्त्री घर्तीले पनि प्रदेश सरकार गुल्मीका कार्यालयहरुसगँ समन्वय गरेर विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने वताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update