Erani Mahal
गुल्मीमा खाेलाले जिप बगायाे
khola
गुल्मी - गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ । सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो । जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । जिप खोजी गर्न इलाका प्रहरी कार्यालय जोहाङको ५ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update