Erani Mahal
रूपन्देहीमा बाढीले बगायो डाइभर्सन, यातायात अवरूद्ध
badi1625625383
देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो । आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो । पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि यातायात अवरूद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताउनुभयो । रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत क्षेत्रमा आइतबारदेखि पानी परेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update