Erani Mahal
पाल्पामा सोमबार २९ जनामा कोरोना संक्रमित पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना, रम्भा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल २११ जनाको कोरोना परीक्षण गरिएकोमा २९ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार ११ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०४ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८२ जना होम आइसोलेसनमा र २२ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update