Erani Mahal
कालीगण्डकी करिडोरमा पहिरोका कारण सडक अबरुद्ध
245814772_306615830883689_565679507242653528_n
आइतबार साँझबाट परेको अबिरल बर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरमा बाटो अबरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको २ अर्बेनीदेखि पुिर्तघाट सडकखण्डको कनौटा र उर्लेनीको बिभिन्न स्थानमा पहिरो खसेको हो । पहिरोका कारण सडक अबरुद्ध हुँदा अर्बेनीदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने र पुर्तिघाटबाट बुटवलका लागि छुट्ने सवारीहरु चल्न सकेका छैनन् । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ । यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पानी रोकिए लगत्तै सडक खुलाउन डोजर पठाउने बताउनुभयो । यस्तै गुल्मीका अधिकांश स्थानीय सडकहरु पनि पहिरोका कारण अबरुद्ध भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले थप सडक अवरुद्ध हुनसक्ने चिन्ता स्थानीयको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update