Erani Mahal
लुम्बिनी प्रदेश सहित देशका अधिकांश स्थानमा वर्षा
rain-barsha-mausam
मौसम बदली भएसँगै आज देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम र बाँकी हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भएको छ । [caption id="attachment_21137" align="alignnone" width="768"] People walk during heavy rain in Shimla on Saturday. Express Photo by Lalit Kumar. 12.03.2016. *** Local Caption *** People walk during heavy rain in Shimla on Saturday. Express Photo by Lalit Kumar. 12.03.2016.[/caption] जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्विनी, कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा भएको महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम बुधबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update