Erani Mahal
जनताकाे पक्षमा काम गर्ने इमानदार प्रयास गर्छु : मन्त्री झाक्री
IMG_0182
पाल्पा – शहरी विकास मन्त्री रामकुमारी झाक्रीले वर्तमान सरकारले भ्रष्टाचार र कुशासनका बिरुद्ध काम गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले विगतमा पनि भ्रष्टाचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले पारदर्शीता र भ्रष्चार बिरुद्धको शुन्य सहनशिलताको पक्षमा काम गर्ने बताउनुभयो । मन्त्री झाक्रीले इमानदार प्रयास गर्ने हो भने केही हुने र आफूले मन्त्री हुँदा सोही अनुसार पहलकदमी लिने बताउनुभयो । अध्यादेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्नुहुँदै उहाँले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बढाउने प्रतिबद्धता जनाउनुभयो । अर्को प्रसङ्गमा अहिले आएर केपी ओलीले भुइँमा टेक्दा चिसो भएको महशुस गरेको र नेताहरूलाई फोन गर्न थालेको नेतृ झाकीले बताउनुभयो । जनताको पक्षमा काम गर्ने केपी ओलीले जस्तो ऐतिहासिक मौका कसैले पनि नपाएको दावी गर्दै उहाँले मुलुकमा सुशासन र स्थायित्व प्रदान गर्न केपी ओली असफलसिद्ध भएको बताउनुभयो । नेतृ झाक्रीले पाँच दलीय गठबन्धन आवश्यकताले बनेको बताउँदै आफूहरूले स्थायित्वको पक्षमा पार्टीबाट विद्रोह गरेको र अहिलेको अवस्था आउनुमा केपी ओलीले जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री हुने बेलासम्म ओलीले कुनै अध्ययन् र अनुसन्धानविनै गफ मात्र गरेको आरोप झाक्रीले लगाउनुभयो । आउने चैत÷बैशाख महिनामा सङ्घीय संसदको निर्वाचन भन्दा पनि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा मन्त्री झाक्रीले जोड दिनुभयो । उहाँले चुनाव गर्ने कुरा स्वभाविक भएको बताउँदै चुनावदेखि चुनावसम्म गर्ने पक्षमा भने आफू नरहेको बताउनुभयो । चुनाव भएपछि जनतालाई डेलिभरी दिने कुरा मूल कुरा भएको बताउनुभयो । उहाँले गलत विचारले राजामहाराजालाई समेत इतिहासमा पु¥याएको भन्दै आफूले मान्दै आएको केही नेताले अहिले गलत विचार र बाटो समाएको झाक्रको भनाई छ । पत्रकार भेटघाट कार्यक्रम शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update