Erani Mahal
नाैँ दिनदेखि छाेरासहित संगीता बेपत्ता, खाेजिदिन परिवारकाे आग्रह
Sangita
बुटवल - ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उहाँका श्रीमान खडानन्द गैरे (देउती) ले बताउनुभयाे । सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन् – उहाँले भन्नुभयाे । आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्द गैरेले बताउनुभयाे । एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ भएकाे गैरेकाे भनाइ छ । आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै आफू घरमा आएको उहाँले बताउनुभयाे । उहाँले श्रीमती र छाेराकाे खाेजि गरिदिन सबैसँग आग्रह गर्नुभयाे । संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आउनुभएकाे श्रीमान गैरेले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update