Erani Mahal
गृह मन्त्रालयद्वारा प्रजिअकाे सरूवा : पाल्पामा पन्त
CDO
पाल्पा - पाल्पाका प्रमुख जिल्ला अधिकारीकाे रूपमा जगन्नाथ पन्त आउनुहुने भएकाे छ । मन्त्रीस्तरीय निर्णयका आधारमा पन्त पाल्पाका प्रमुख जिल्ला अधिकारीकाे रूपमा सरूवा हुनुभएकाे हाे । यसअघिका प्रजिअ याेगेन्द्रप्रसाद पाण्डेय सरूवा भइसक्नुभएकाे थियाे । पन्त यसअघि गृह मन्त्रालयमा कार्यरत रहनुभएकाे थियाे । यस्तै, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा वेदनिधि खनाल, डोल्पामा बेदनिधि अधिकारी, मुस्ताङमा नेत्रप्रसाद शर्मा र स्याङजामा राजुप्रसाद पौडेलकाे सरूवा भएकाे छ । कैलालीको सिडियो रहनुभएका खगेन्द्रप्रसाद रिजाल, स्याङजाको सिडियो रहेका दिपकराज नेपाल र अर्घाखाँचिका सिडियो रहेका विष्णु पौडेल गृह मन्त्रालयमा काज सरुवा भएको छ । डोल्पाका सिडियो माधवप्रसाद ढकाल राष्ट्रिय विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा हुनुभएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update