X
145
Shares

भुपु मञ्च अध्यक्षद्वारा विद्यालयमा स्नेह अक्षयकोष

सीता डाेटेल || ३१ आश्विन २०७८,आईतवार १५:५१

पाल्पा – रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा रामतुलसी नमुना माध्यामिक विद्यालयमा स्नेह अक्षयकोष स्थापना गर्नुभएको छ ।

विद्यालयका पुर्व विद्यार्थी रहनुभएका कडेंलले छोरा छोरीको नाममा स्नेह अक्षयकोष स्थापना गर्नुभएको हो । विजयादशमीको अबसरमा विद्यालयमा भएको भुपु विद्यार्थी पुर्नमिलन कार्यक्रमको अबसरमा उहाँले ‘‘सलोनी संकल्प स्नेह अक्षयकोष’’ स्थापना गर्नुभएको हो ।

कार्यक्रममा उपस्थित रहनुभएका शालिकराम कडेंल उहाँका बुवा तारानाथ, श्रीमती कल्पना, छोरी सलोनी र छोरा संकल्पले लगायतले संयुक्त रुपमा विद्यालयका प्रध्यानध्यापक तथा मञ्चका सल्लाहकार बालकृष्ण लम्साल, रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, वडाअध्यक्ष तथा विद्यालयका सदस्य हिमाल मल्ल, शिक्षासेवी देबराज ढकाललाई विद्यालयमा छुट्टै कोष रहने गरि ५१ हजार ६ सय ७० रुपँयाको ‘स्नेह छात्रवृत्ति अक्षयकोष’ को लागि चेक हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा आयोजित विजयादशमी दिपावली, नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रामतुलसी माबिको गर्विलो इतिहास र यहाँको पढाईको जगले विभिन्न नेतृत्वमा पुग्नेहरु जोडिएर विद्यालयको भलोमा लाग्ने वातावरण गराउनुपर्ने बताउनुभयो । कक्षा ४÷५ मा एक बर्ष रामतुलसी माबिको विद्यार्थी भएको स्मरण गर्दै उहाँले फड्को मारेको रामतुलसी माबि सहित शिक्षा क्षेत्रमा नगरपालिकाले सदा नजिकबाट सहयोग गर्दै आएको बताउनुभयो ।

शिक्षासेवी देबराज ढकालले हाइस्कुलबाट पढेर उत्कृष्ट गर्नेहरुलाई सम्मान लगायतका गतिविधि बढाउन आग्रह गर्नुभयो । बिद्यालय व्यवस्थापन समिति सदस्य तथा वडाध्यक्ष हिमाल मल्लले यस बिद्यालयका बिद्यार्थी मन्त्री समेत भइसकेको अबस्थामा रामतुलसी सँग अहिलेको पाका पुस्तादेखि बालबच्चा सबै जोडिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक तथा भुपु विद्यार्थी मञ्चका सल्लाहकार बालकृष्ण लम्सालले रामतुलसी माबिमा जिल्लाकै सबैभन्दा धेरै हाह २२ सय विद्यार्थी रहेको जानकारी दिदै ३ तहबाट अगाडी बढाईएको विद्यालयमा यसै शैक्षिक सत्रदेखि पुर्व बालविकास (मन्टेश्वरी कक्षा) चलाइएको जानकारी दिनुभयो ।

रामपुर नगरको मुटुमा रहेको यस विद्यालयमा शिक्षा, बिज्ञान, व्यवस्थापन, मानविकी संकायमा पढाई भैरहेको र ३ बर्षे कृषि बालीविज्ञान समेत चलिरहेको बताउदै अब बिद्यार्थी आकर्षण भन्दा गुणस्तर र टिकाउमा जोड दिने बताउनुभयो । प्रध्यानाध्यापक लम्सालले हाल विद्यालयमा विभिन्न व्यक्तिबाट २० लाखको हाराहारीमा २८ वटा अक्षयकोष स्थापना भएको जानकारी दिदै सबैलाई धन्यवाद दिनुभयो । उहाँले कडेंल परिवारको समन्वयमा छुट्टै विधान बनाएर कक्षा ११ का जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने गरि स्नेह अक्षयकोष सञ्चालनमा ल्याउने बताउनुभयो ।

अक्षयकोषदाता शालिकराम कडेंलले जो कक्षा ११ का विविध कारण पढ्न समस्या भएका न्युन आय भएका परिवारका सन्तानलाई छात्रवृत्ति स्वरुप सहयोग गर्ने जानकारी दिनुभयो । साथै कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ र माता तिलमाया कँडेलका नाममा ५१ हजार ४ सय ७० रकम बराबरको ‘‘तारानाथ तिलमाया सम्मान छात्रवृत्ति अक्षयकोष’’ स्थापना गरिसक्नुभएको छ । उहाँले रामपुरकै दरैठाँटी माविमा पनि मातापिताका नाममा ५१ हजार ६ सय ६ रुपँयाको ‘‘तिलमायाँ तारानाथ सम्मान छात्रवृत्ति अक्षयकोष’’ स्थापना गरिसक्नुभएको छ । आफूले जीवनमा केही कमाएको रकम आत्मसन्तुष्टिका शिक्षा क्षेत्रमा सेवा भागले सहयोग गरेको बताउदै केही विद्यार्थीको पढ्ने चाहनामा हौसला थप्न अक्षयकोष खडा गरेको कडेंलले बताउनुभयो ।

भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कडेंलको अध्यक्षतामा विद्यालयमा भएको विद्यार्थी पुर्नमिलन कार्यक्रममा सदस्य महेश पौडेलको स्वागत र सचिव बिष्णु रेग्मीको सञ्चालनमा कार्यक्रम चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys