Erani Mahal
हराउँदै पिङ राख्ने चलन
ping-charkhe-1024x768
पाल्पा - दसैं तिहारका बेला गाउँदेखि शहरसम्म देखिने पीङ् याे वर्ष भने कमै देखिएकाे छ । पीङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउथ्याे । तर पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा पीङ् देखिन छाडेकाे छ । एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ हिजाेआज देखिन छाडेकाे बुढापाका बताउँछन् । पछिल्लाे समय मनाेरन्जनका गर्ने माध्यम माेबाइल जस्ता प्रविधिकाे विकासले पीङ खेल्ने र पीङ राख्ने मानिसकाे रूचि घटेकाे माथागढी झडेवाका स्थानीय बासिन्दा हरि चाैहानले बताउनुभयाे । केही वर्ष पहिलेसम्म युवायुवती पनि पीङ खेल्न झुम्मिन्थे तर अचेल युवायुवती किशाेर किशाेरी पनि इन्टरनेट जस्ता प्रविधिमा भुलेकाे उहाँले बताउनुभयाे । बुढापाकाले दसैंको दिन त एकपटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाले भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो । तर एक दशकयता दसैं तिहारमा पिङ हाल्ने प्रचलन निरन्तर घटिरेहेको तिनाउ ५, काेल्डाँडाका स्थानीय बासिन्दा नरबहादुर गाहाले बताउनुभयाे । केही वर्ष अघिसम्म दशैँ लागेपछि पिङ राख्ने हाेड चल्थ्याे उहाँले भन्नुभयाे अचेल पीङ बनाउने र खेल्ने कसैले पनि चासाे हुँदैन गाहाले भन्नुभयाे । यही अवस्था रहे केही वर्षभित्र पीङ लाेप हुने उहाँकाे भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update