Erani Mahal
अटोमोबाइल शिक्षाप्रति छात्राको आकर्षण बढ्दोे
dddd
पाल्पा - डिप्लोमा अटोमोबाइल शिक्षाप्रति छात्राहरुको आकर्षण बढ्दोे छ । पाल्पाकाे तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा सञ्चालन भएकाे अटाेमाेबाइल शिक्षाप्रति छात्रा विद्यार्थीकाे आकर्षण बढेकाे हाे । वि सं २०७६ मा १८ महिने अटोमोबाइल तालिम सञ्चालनमा ल्याएको थियो । अटोमोबाइल सञ्चालनको पहिलो वर्ष २३ जना छात्र मात्र भर्ना भएका थिए । दोस्रो वर्ष २२ जना विद्यार्थी भर्ना भएकामा छ जना छात्रा थिए । अध्ययन अवधिभर ४० हजार शिक्षण शुल्क भुक्तानी गर्नुपर्नेमा छात्राहरुलाई भर्ना शुल्कबाहेक मासिक शुल्कमा छुट गरेपछि छात्राहरू याे पढाइ प्रति आकर्षित भएका हुन् । पढेपछि राेजगारी पाउने भएपछि छात्राकाे पढाइप्रति माेह बढेकाे बताइएकाे छ । विद्यालयका प्राधानाध्यापक झपिन्द्र ज्ञवालीका अनुसार छात्रा, जेहन्दार तथा सिटीभिटीले पठाएको एक जनालाई शिक्षण शुल्कमा पूर्ण छुट गरिएको हो । “यो विषयको अध्ययनले कोही पनि बेरोजगार हुनुपर्ने स्थिति हुँदैन, सीप भएपछि काम जहाँ पनि पाइन्छ, उहाँले भन्नुभयाे । आर्थिक रुपमा कमजोर विपन्न समुदायका बालबालिकालाई शिक्षण शुल्क तिर्न बाध्य नपारिएको र पैसाकै कारण अध्ययन गर्नबाट बाहिरिनुपर्ने बाध्यता विद्यार्थीहरुमा नहुने प्रअ ज्ञवालीले बताउनुभयाे । एसइईमा ‘इ’ ग्रेड प्राप्ति गर्ने बालबालिका राम्रो विषय अध्ययनबाट वञ्चित छन् । ‘इ’ ग्रेड प्राप्त गर्नेहरुलाई दक्ष जनशक्ति उत्पादनका निम्ति अटोमोबाइल विषय सञ्चालन गरिएको प्रअ ज्ञवालीले जानकारी दिनुभएकाे छ । पाल्पाका खानीबाट चुनढुङ्गा बोकेर टिप्परको आवतजावत बढ्दो छ । टिप्पर आवतजावत हुँदा स्थानीय स्तरमा रोजगारीको सम्भावना रहेकाले अटोमोबाइलसम्बन्धी अध्ययन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बस्यालकाे भनाइ छ । “शैक्षिक बेरोजगारीको समस्या स्थानीय तहबाट हल गर्न सीपमूलक व्यावसायिक तालिमको आवश्यक छ । तालिमबाट दक्ष जनशक्ति उत्पादन गरी जटिल काम गर्न नपरोस् भनी अटोमोबाइलका कक्षा सञ्चालन गरिएको हो,” वडाध्यक्ष प्रेम पाण्डेयले भन्नुभयाे ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update