Erani Mahal
पाल्पामा शुक्रबार थपिए ५ जना काेराेना संक्रमित
corona-gg
पाल्पा – शुक्रबार पाल्पामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तानसेन र रम्भाका २÷२ जना र तिनाउका १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ९ जनामा गरिएको परीक्षणमा ५ जनामा कोरोना देखिएको हो । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या १०१ पुगेको कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा हालसम्म २४८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update