X
1840
Shares

गुल्मीमा जीप दुर्घटनामा तीन जनाकाे मृत्यु, ६ जना घाइते

रानीमहल संवाददाता || २९ आश्विन २०७८,शुक्रबार ०८:४१

गुल्मी – गुल्मीमा बिहीबार राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० को जिप रेसुंगा नगरपालिका १० पाँचरातेमा दुर्घटना हुँदा जिपमा सवार ९ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर २ का ७२ बर्षीय क्षेत्रबहादुर थापा, ४५ बर्षीय राधिका थापा र मुसिकोट नगरपालिका वडा नम्वर ३ की १९ बर्षीय संगिता सुनार रहनुभएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएकाे छ ।

दुर्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्वर २ का चालक २६ बर्षीय कमल थापा, ४३ बर्षीय खिमा थापा, ३६ बर्षीय राजु थापा,३८ बर्षीय जुना थापा ,भरतपुर उप महानगरपालिकाकी ५० बर्षीय राधा केशी ,वडा नम्बर ३की ४७ बर्षीय सुमित्रा सुनार रहनुभएकाे छ ।

घाइते मध्ये राधा, जुना, सुमित्रा, राजु र खिमाको शरीरका विभिन्न भागहरुमा चोट लागेको र उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखी करिब ५०० मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक ३ नै जनाको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys