Erani Mahal
जनतालाई केन्द्रमा राखे मात्र संघीय लाेकतन्त्रले सार्थकता पाउँछ : मन्त्री राना
rrr
पाल्पा - लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले बहुलबादमा आधारित बहुदलीय व्यवस्था भएकाले सबै दलहरु जसले बहुलबादलाई स्वीकार गर्छन् लोकतन्त्रलाई आत्मसाथ गरेर अगाडी बढेका छन् दल र टिम मात्र होइन समग्र जनतालाई केन्द्रमा राखेर हिड्ने संस्कार सस्कृतिकाे विकास भएन भने यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता नपाउने बताउनुभयो । राज्य र नागरिकसम्म जोडिन विकास हुनुपर्ने बताउदै मन्त्री रानाले नागरिकको जिवनस्तर उकास्न विकास अनुसार अभियान हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काग्रेंस रामपुरले गरेको शुभकामना आदाप्रदान, बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नबनियुक्त मन्त्री रानाले पुर्वी पाल्पा जसले २० औं वर्ष शासन गरे तर विकास खोईः प्रश्न गर्दै उहाँले सडक, खानेपानी, बिजुलीको विस्तारमा अझैसम्म पाल्पाकाे पूर्वी भेग अध्याँरो छ बाँकी रहेका ठाउँलाई उज्यालो बनाउने संकल्प र प्रतिबद्ध छु । नागरिकको उर्जा र भावनालाई जोडेर प्रदेशलाई उज्यालो बनाउछु बनाउने उहाँले बताउनुभयो । खुला दिसामुक्तमा चर्पी बनाए झै अब एक घर एक धारा बनाउने प्रदेशको अभियानलाई तिब्र बनाउने उहाँले बताउनुभयो । मन्त्री रानाले गण्डकीबेशीमा बहस चलेको कालीगण्डकी डाईर्भसन साझा नदी भएको बताउनुभयो । केवल गण्डकी न लुम्बिनी कालीगण्डकी साझा नदीमा प्राकृतिक सम्पदा उपभोग गर्दा साझा धारणा बनाउनुपर्छ । सम्पदा प्रयोग गर्दा विनास र अर्काे समुदायलाई असर पर्छ की हेरिनुपर्छ उहाँले भन्नुभयो–डाइर्भसन त्यो कार्यमा मेरो समर्थन हुदैन । म लड्न तयार छु । नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले पार्टीलाई मजबुत बनाउन एकताको खाँचो रहेको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जिल्ला बासीमा खुसी छाएको बताउनुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ३ तहका सरकारको समन्वय आबश्यक रहेको बताउनुभयो । उत्पादनशील भुमि रामपुरका बिभिन्न भागमा सिंचाईको खाचो रहेको र उर्जामा काम गर्न आग्रह गर्नुभयो । उहाँले अन्य विकासे मन्त्रालयमा समन्वय गरी पाल्पाको लागि काम गर्न अनुरोध गर्नुभयो । नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु मायाँ ढकालले विकास गर्नुपर्ने पक्ष औल्याउनुभयो । काग्रेंसमा प्रवेश गरेका नेकपा माओबादी जिल्ला सचिवालय सदस्य जनकराज ढकालले आफ्ना बिचार राख्दै नागरिकले अनुभुति गर्ने गरि दलहरु लाग्नुपर्ने भनाई सहित अनुभव राख्नुभएको थियो । सोही अबसरमा अन्य पार्टी परित्याग गरि ३ दर्जन भन्दा बढी प्रबेश गरेका थिए । मन्त्री रानालाई नेपाली काग्रेंस नगर समिति, वडा समिति तथा भातृसंस्था शुभेच्छुक एंव सामाजिक संस्थाहरुको तर्पmबाट सम्मान सहित बधाई दिएका थिए । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा रामपुरको नमस्ते होटेलको सभाहलमा चलेको कार्यक्रममा उपसभापति ज्ञान प्रसाद भण्डारीले स्वागत, उपसभापति देव बहादुर थापा मश्राङ्गीलले धन्यवाद दिनुभएको थियो भने नगर सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update