Erani Mahal
भाेलि विजयादशमी : दशैँ टीकाकाे शुभसाइत १० बजेर २ मिनेटमा
tikaa
पाल्पा - यस वर्षकाे विजयादशमी भाेलि असाेज २९ गते मनाइदैँछ । अर्थात भाेलि विजयादशमीकाे अवसरमा घर तथा मठमन्दिरमा टीका ग्रहण गरेर मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहेकाे छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update