Erani Mahal
पाल्पामा बिहीबार १३ जनामा काेराेना संक्रमण पुष्टि
corona-gg
पाल्पा – पाल्पामा मंगलबार १३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । तानसेनका ७, रम्भाका २, माथागढी, रामपुर, तिनाउ रिब्दीकोटका १÷१ जना गरी १३ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा एन्टिजेन र पीसीआर माध्यमबाट गरी १८५ जनामा काेराेना परीक्षण गर्दा १३ जनामा काेराेना संक्रमण देखिएकाे पन्थीले जानकारी दिनुभयाे । यस्तै मंगलबार कोरोना मुक्त हुनेको संख्या १७ जना रहेका छन् । योसँगै पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९६ मा झरेको छ । चाडपर्वको समयमा भीडभाड बढेकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीले भने सचेत रहन आग्रह गर्दै आएका छन् । पाल्पामा निषेधाज्ञापछि काेराेना संक्रमणकाे दर ५ देखि १५ प्रतिशतसम्म रहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update