Erani Mahal
फरक क्षमता भएकालाई ल्यापटप सहयाेग
news_1634034059
पाल्पा - जिल्लाको रिब्दीकोट गाउँपालिकाले फरक क्षमता भएका बालबालिकालाइ ल्यापटप प्रदान गरेकाे छ । रिब्दकाेटकाे वडा न ५ कुसुमखोलाका सन्देश थापालाई गाउँपालिकाले ल्यापटप हस्तान्तरण गरेको छ । शारीरिक रूपमा फरक क्षमता भएका थापालाई गाउँपालिकाले शैक्षिक ज्ञान हासिल गर्न सहज होस भनी ल्यापटप हस्तान्तरण गरेको हो । शारीरिक रूपमा आँखा नदेख्ने थापाले गाउँपालिकामा शैक्षिक ज्ञान हासिल गर्नका लागि ल्यापटप माग गरेको र गाउँपालिकाले उक्त सामाग्री हस्तान्तरण गरेको जनाएकाे छ । थापा शारीरिक रूपमा फरक क्षमता भए पनि पढाइ भने निकै सक्षम हुनुहुन्छ । गाउँपालिकामा पहिलो पटक फरक क्षमता भएका विद्यार्थीहरू मध्येबाट ए प्लस ग्रेड ल्याएर एसइइ परिक्षामा उत्तीर्ण हुन सफल हुनुभएको थियो । हाल थापा शिक्षा आर्जन गर्नका लागि काठमाडौ आफ्नो अध्ययनलाई निरन्तरता दिदै आउनु भएको बताउनुभयो । वडा अध्यक्ष कृष्ण बहादुर थापाले शारीरिक रूपमा फरक क्षमता भए पनि पढाइ प्रती लगाव रहेकोले थापाले ल्यापटप माग गरे अनुसार प्रदान गरेको बताउनुभयो । घरमा ३ जनाको परिवार रहेको र आर्थिक अवस्था समेत कमजोर रहेका कारण कक्षा ५ सम्म निशुल्क शिक्षा प्रदान गर्न वडा सहयोग गरेको बताउदै हाल गाउँपालिकाबाट सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । ल्यापटप हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले रिब्दीकोट गाउँपालिकाले अपांग,एकल महिला,वृद्ध वृद्धा एवम युवाहरूलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरूको तथ्यांक संकलन गरि सहायक सामाग्रीहरू, सेतो लठ्ठी, ह्वयेर चियर,काडको बनाइ मासिक भत्ता वितरण लगाएतका कार्यहरू सञ्चालन गरेको बताउनुभयो । गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरूलाई स्वरोजगार मुलक कार्यक्रम जोड्ने कार्य सञ्चालन गरेको बताउदै थापाले सहज रूपमा प्रविधि मैत्री तरिवले शैक्षिक ज्ञान हासिल गर्नका ल्यापटप माग गरेकोले गाउँपालिकाले हस्तान्तरण गरेको बताउदै उज्ज्वल भविष्य शुभकामना व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update