X
655
Shares

निस्दीको अर्चले धोबलामा बिजुली बल्यो : स्थानीय बासिन्दा खुसी

हाेम राई मगर || २७ आश्विन २०७८,बुधबार २०:०२

पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाको अधमारा र धोबला टोलमा बिजुली बत्ती बलेको छ । बर्षौ देखि बिजुली बत्तीको प्रतिक्षामा रहेका स्थानीय बासिन्दा दशैमा बिजुली आएपछि स्थानीय उत्साहित भएका छन् ।

बत्तिको स्वीच अन गरेर उद्घाटन गर्दै निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारूले सामुदायिक विद्युतीकरणका लागि लामो मेहनत पश्चात् बिजुलीको बत्ती बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्य अतिथि सारुले सिलुवामा रहेको ३३ केबी लाइनको प्रसारण कार्य अन्तिम चरणमा रहेकोले त्यसको छिट्टै उपभोग गर्न पाउनेमा आफू विश्वास्त रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर-६, अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी, समाजसेवी नेम गैरे लगायतकाले बोल्नुभएको थियो । अब निस्दीको अर्चलेमा रनगुवा टोल बाहेक सबै टोलमा बिजुलीको पहुँच पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys