Erani Mahal
जनअपेक्षा अनुसार काम गर्छाैं : मन्त्री राना
244748411_399491838374010_952668227454613767_n
तानसेन – लुम्विनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले दुर्गम क्षेत्रका बस्तीलाई उज्यालो बनाउने काममा प्रदेश सरकारले विशेष प्राथमिकता दिने बताउनुभएको छ । मङ्गलबार पाल्पाको तानसेनमा नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै मन्त्री रानाले प्रदेशको कान्छो मन्त्रालयको रुपमा रहेको मन्त्रालयले जनताको आकाङ्क्षा र चाहना अनुसार काम गर्ने बताउनुभयो । मन्त्री रानाले पाल्पाको विभिन्न क्षेत्र अझैँ पनि अध्याँरो रहेकाले उक्त क्षेत्रका बस्तीलाई उज्यालो बताउन आफू लागीपर्ने बताउनुभयो । एक प्रसङ्गमा उहाँले सिद्धबावा लगायतका बाटोमा देखिएको समस्या आफ्नो कार्यक्षेत्र भित्र नभएपनि समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने काम गर्न आफूले इमानदारिताका साथ पहल गर्ने र जनताको चाहना पूरा गर्ने उहाँले बताउनुभयो । रानाले सङ्घीय गणतन्त्र स्थापना भएपछि जनतामा वितृष्णा बढेको भन्दै जनतामा नयाँ उत्साह जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र र दलको विकल्प दल नै भएको बताउँदै दलप्रतिको वितृष्णा हटाउन गरी प्रदेश सरकारले काम गर्ने उल्लेख गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रम महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालन र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको स्वागतमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update