Erani Mahal
निस्दीबाट दशैंको लागि मात्र १ करोड बराबरको खसी-बोका बिक्री
dds
पाल्पा – निस्दी गाउँपालिका पाल्पाबाट यस बर्षको दशैमा १ करोड बराबरको खसी बोका बिक्री भएको छ। पाल्पा जिल्लाको सबैभन्दा विकट र दुर्गम मानिने निस्दीबाट मात्रै ७ सय ४२ वटा खसी बोका पोखरा र चितवनमा बिक्री भएको छ। यहाँको विभिन्न महिला उद्यमी तथा अन्य सहकारी मार्फत पशु शाखाको समन्वयमा कुल ९२ लाख ६२ हजार ९ सय ७७ रुपैयाँ बराबरको खसी बोका बिक्री भएको शाखा संयोजक ओम बहादुर मश्राङ्गीले बताउनुभयो । निस्दीको वडा नम्बर १ बाकामलाङ र ७ ज्यामिरेमा भने सहकारी समूह नरहेकोले त्यहाँबाट कति खसी बोका बिक्री भयो भन्ने तथ्यांक नभएको संयोजक मश्राङ्गीले बताउनुभयो । यहाँको खसी बोका तौलको आधारमा प्रति किलो ३ सय ७० देखि ५ सय ५० सम्ममा बिक्री हुँदै आएको छ। यसरी यहाँबाट नियमित खसी बोका निर्यात हुन सके निस्दीलाई मासुमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम सफल हुने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update