Erani Mahal
पाल्पाका प्रजिअ पाण्डेकाे सरूवा
455x-Yogendra(1)
पाल्पा – पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको सरुवा भएको छ । सात महिनाअघि सरुवा भई पाल्पा आउनुभएका पाण्डेको एक्कासी सरुवा भएको हो । पाण्डेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको स्रोतको भनाई छ । गृहमन्त्रालयले भने प्रजिअ पाण्डेको सरुवा गरेको सूचना सार्वजनिक गरेको छैन । पाण्डे २०७७ फागुन २३ गते पाल्पामा आउनुभएकाे थियाे । पाण्डेलाई सोमबार जिल्लास्थित कर्मचारी मिलन केन्द्र र प्रशासन कार्यालयले बिदाई गरेको निमिक्त प्रजिअ शशीधर घिमिरेले जानकारी दिनुभयो । नयाँ प्रजिअ को आउने भन्ने बारेमा अझैँ किक्र्यौल भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update