Erani Mahal
बगनासकालीका याेजना वडामै सम्झाैंता
bagnashkali gapa
पाल्पा – जिल्लाको बगनासकाली गाउँपालिकाले वडा तहबाटै योजना सम्झौँता गर्न थालेको छ । पालिकाभित्रका नौँ वटै वडामा पुगेर गाउँपालिकाका कर्मचारीहरूले आव २०७८/०७९ मा छनौट भएका पालिकाभित्रको योजनाहरूको सम्झौता गर्न थालेका छन् । उपभोक्ता समितिलाई योजना सम्झौताका लागि पालिकामा धाउन समस्या हुने र पालिकामा आएर पनि एकैदिन योजना सम्झौता नहुने समस्या हटाउन वडाबाटै योजना सम्झौताको काम सुरु गरिएको हो । पालिकाभित्रका कर्मचारीलाई वडा तहमै खटाउँदा उपभोक्तालाई योजना सम्झौतामा सहज हुने र योजना सम्झौताका लागि दिन बिताएर पालिका धाउनुपर्ने बाध्यता हट्नेछ । उपभोक्तालाई परेको समस्या समाधान गर्न पालिकाले योजना सम्झौता र बैंक खाता खोल्ने सेवा वडाबाटै दिन थालेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । [caption id="attachment_13075" align="alignnone" width="768"] फाइल तस्वीर[/caption] वडामै योजना सम्झौता गरेपछि योजनाको काम पनि समयमै सकिने र उपभोक्ताले अनावश्यक रुपमा झण्झट बेहोर्न नपर्ने उहाँले बताउनुभयो । पालिकाले घुम्ती शिविर मार्फत योजना सम्झौताको काम गरिरहेको उहाँको भनाई छ । पालिकाले यो चालु आवका लागि दुई सय भन्दा बढी योजना वडा तहमै सम्झौता गर्ने योजना बनाएको छ । चालु आवका लागि पालिकाले निर्धारण गरेका अधिकांश योजनाको सम्झौता वडा तहमै पुगेर भईरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । ‘पालिकाको केन्द्रमा योजना सम्झौतामा कागजात नमिले उपभोक्ताले एकैदिनमा काम गर्न नसक्ने अवस्था थियो घर्तीले भन्नुभयो अबदेखि वडामै योजना सम्झौता भएपछि उपभोक्ताले समयमै काम गर्न पाउँछन् ।’ वडामै योजनाको सम्झौता भएपछि उपभोक्ता पनि उत्साहित भएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update