Erani Mahal
दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?
download
काठमाडौं – मिठो र स्वादिलो खानेकुराले दसैँलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिँदा चाडपर्वमा दीर्घरोगी सिकिस्त पर्न सक्छन् । मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह र पेटजन्य समस्या लगायतका बिरामीले दसैँ समयमा विशेष ध्यान दिनुपर्छ । मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो । अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ । दसैँमा मधुमेहका बिरामीले खानपानमा ध्यान दिन किन जरुरी छ? – मधुमेह रोग खानपान, शारीरिक सक्रियता र जीवनशैलीसँग सम्बन्धित छ । – खानपानमा ध्यान दिन नसके शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्न सकिँदैन । – दसैँमा मधुमेहका बिरामीले मात्रा मिलाएर मात्र खानपान गर्नुपर्छ । – मधुमेहका बिरामीले सकेसम्म खसीको मासु कम खाने । – रातो मासुको सट्टा सेतो मासु खानु राम्रो हुन्छ । दसैँमा मधुमेहका बिरामीले धेरैमा कति माछा मासु खान मिल्छ? मात्रा मिलाएर कसरी खाने? – शरीर, तौल र अवस्था अनुसार बिरामीले खानाको मात्रालाई मिलाएर खानुपर्ने हुन्छ । – खानपानसँगै बिरामीले शारीरिक व्यायामलाई पनि बढाउनुपर्छ । – बेला बेलामा ग्लुको मिटरले चिनीको मात्रा जाँच गरिरहनुपर्छ । – प्रत्येक बिरामी फरक हुने भएकाले बिरामी अनुसार नै खानपान र मात्रा मिलाउनुपर्छ । – मधुमेह खानाबाटै हुने भएकाले यसका बिरामीले विशेष रुपमा खानामै ध्यान दिनुपर्छ । – एकै पटक धेरै खानुभन्दा पनि थोरै र समय–समयमा खानु राम्रो हुन्छ । विगतका दसैँहरुमा खानपानमा ध्यान नदिएर समस्या बढेको गुनासो लिएर आउने बिरामीको अवस्था कस्तो थियो? – चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीहरु धेरै हुन्छन् । – शरीरमा नियन्त्रणमा रहेको चिनीको मात्रा पनि खानपानमा ध्यान नदिँदा बढेको पाइन्छ । – खानपान र शारीरिक व्यायाम ध्यान नदिँदा चिकित्सकले जति औषधि दिएपनि मधुमेह नियन्त्रणमा आउन गाह्रो हुन्छ । – शरीरमा चिनीको मात्रा सधैं नियन्त्रणमा राख्नुपर्छ। किनकी यो घट्ने र बढ्ने हुँदा शरीरलाई नोक्सान पनि गर्छ । शरीरमा चिनीको मात्रा धेरै नै बढ्यो भने शरीरलाई कस्तो हानी गर्छ? – शरीरमा चिनीको बढी भए तत्कालीन र दीर्घकालीन समस्या देखिन्छ । – शरीरमा एक्कासी चिनीको मात्रा बढ्दा बिरामी बेहोस हुने, मुख धेरै सुक्ने, हात खुट्टामा घाउ आउने र निको नहुने, दुब्लाउँदै जाने र पिसाब धेरै लाग्ने हुन्छ । – मधुमेहले आँखा, मुटु, मिर्गौलादेखि शरीरका विभिन्न अंगहरुमा असर गर्न सक्ने यसको दीर्घकालीन असरहरु हुन् । थाइराइडका बिरामीले पनि दसैँको खानपानमा ध्यान दिनुपर्छ? – थाइराइडका बिरामीले खानपानमा मुख बार्नुपर्दैन । – थाइराइड खानाको कारणले नभई शरीरमा बन्ने एक प्रकारको एन्टीबडीका कारणले हुने हो । त्यसो भए थाइराइडको समस्या कसरी नियन्त्रण गर्ने ? – गलगाँड भनेको नै थाइराइड हो । – पहिला खानेकुरामा आयोडिनको कमी हुँदा घाँटीमा ठूलो गलगाँड आउँथ्यो । – थाइराइडले उत्पादन गर्ने हर्मोन कमी भयो भने थाइराइडको समस्या देखिन्छ । – थाइराइड भए कपाल झार्ने, आँखा सुख्खा हुने, हात खुट्टाहरु गल्ने, तौल बढ्ने, महिलामा महिनावारी गडबढी हुने लगायत समस्या गराउँछ । – थाइराइड रोग उमेर अनुसार बढ्दै जाने हुन्छ । – अधिकांश बिरामीले थाइराइडको औषधि जीवनभर खानुपर्ने हुन्छ । – थाइराइडका बिरामीले ३ देखि ६ महिनामा परीक्षणका लागि अस्पताल जानुपर्छ ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update