Erani Mahal
बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा गोली चल्यो
Motipur_Jhadap_Butwal4
बुटवल–रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे। औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले जानकारी दिनुभयो । प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update