Erani Mahal
लुम्बिनी प्रदेशमा पाल्पाका तीन मन्त्री बन्दै !
mantrei
पाल्पा- पाल्पाका तीन जना सांसदहरु लुम्बिनी प्रदेशको मन्त्री बन्नुहुने भएको छ । यस अघि जनता समाजवादीबार्टीबाट श्रममन्त्रीमा पूर्मती ढेंगा नियुक्त भइसक्नुभएको छ । आइतवार सत्तारुढ दलबाट मन्त्रिमण्डको सदस्यको नाम टुंगो लगाएसँगै नेपाली काँग्रेसका नेता वीरबहादुर राना र नेकपा एकीकृत समाजवादीकी सांसद रमा घर्ती समेत मन्त्री बन्ने हुनुभएको हो । तीनै जना सांसद पाल्पाका समानुपातिक सांसदहरु हुनुहुन्छ । उहाँहरु सबैलाई रानीमहल समाचार अग्रिम बधाई ज्ञापन गर्दछ । उहाँहरुको आज नै सपथ ग्रहण गराउने तयारी लुम्बिनी सरकारले गरेको छ । कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सँिचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने हुनुभएको छ । घर्तकिो भने मन्त्रालय टुँगो लागेको छैन ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update